समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अर्जुनको हत्यामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । कैलाली, जानकी गाउँपालिका-९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको विभत्स हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-९ बस्ने १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बम बहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारी रहेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article