समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा ३ दिवसिय पत्रकारिता तालिम सोमबार सम्पन्न

हल्दिवारीमा ३ दिवसिय पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ। हल्दिवारी गाउँपालिका न्यायीक समितिको सहयोर प्रेस क्लब हल्दिवारीको आयोजनामा संचालित तालिममा ३५ जना युवा युवतीको सहभागीता रहेको क्बलका महासचिव हैकम घिसिङले जानकारी दिए ।

Advertisement

तालिममा पत्रकार गोपाल काफ्ले ,अम्बिका भण्डारी ,मोहन काजी अधिबक्ता पवन कार्की र सरोज पौडेलले सहजीकरण गरेका थिए। समापन कार्यक्रममा प्रशिक्षार्थीहरु चन्दा उप्रेती ,अभिषेक खतिवडाले तालीमबाट प्राप्त गरेको उपलब्धिका बारेमा अनुभव राखेका थिए । कार्यक्रममा टंक पाख्रीन ,प्रशिक्षक भण्डारीले तालीम लाई व्यबहारमा लागू गर्न आग्रह गरे।

Advertisement

गाउँपालिका उपाध्यक्ष एबं न्यायीक समिती संयोजक डम्बरबहादुर गिरिको प्रमुख आतिथ्यता रहेको कार्यक्रम क्बलका अध्यक्ष नेत्र बिक्रम बिमलीको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गिरिले पालिकाले गरेका राम्रा कामको सम्प्रेषण गर्ने र गलत कुराको खबरदारी गर्न संचारकर्मी लाई आग्रह गर्दै असल पत्रकार बन्न र सुझाएका थिए । उनले पत्रकारिता र राजनैनिक कुरा झुक्याउने नभएर समाजसेवा भएकाले सत्यतथ्य सुचना सम्प्रेषण गर्नु पर्नेमा जोड दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article