समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

स्वच्छ राजनीति गर्न माग गर्दै अनेरास्ववियु हल्दिबारी द्वारा प्रेस विज्ञप्ति

हल्दिबारी, ६ बैशाख। नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हल्दिबारी गाउँकमिटी ले आफ्नो पार्टीको चुनाव चिन्ह सुर्य अंकित झण्डा नष्ट गरेको घटना प्रती भत्सर्ना गर्दौ प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
अनेरास्ववियुको आन्दोलनको एक महत्त्व उपलब्धिको रूपमा रहेको सामाजिक,मुल्यमान्यता लाई सधै अग्रस्थान मा राखी समाज,बिद्यार्थी र अन्याय अत्यचार का लागि र पीडितका हकहितको पक्षमा सदैव सामाजिक न्याय र परिर्वतनको संवाहग बनेर निरन्तर आफ्नो आन्दोलनहरुलाई रचनात्मक सिर्जनात्मक र फलदायी रुपमा अघि बढाउने गरेको छ ।
यसै सन्दर्भमा मिति २०७९-बैशाख- ०४गते बेलुका हल्दिबारी-३ को मेजर्नी चोक र बैशाख-०५ गते बेलुका पुरानो ढडुवा दक्षिणको स्थानमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा( एमाले) को चुनाव चिन्ह अंकित “सुर्य” चिन्हको झण्डा राखेका ठाउँ बाट झण्डा नष्ट गर्ने ,जलाउने,गाडेका झण्डा उखलेर फालिदिने जस्ता गतिविधि गरेको पाए पछी भइ हाम्रो सङ्गठनको ध्यानाकर्षण भएको छ ।
सो घटना प्रति हामी घोर भत्सर्ना गर्दछौ र हाम्रो पार्टी,हल्दिबारी मा नेकपा एमालेको जनलर ,एमालेको युवा बिद्यार्थी शक्ति ,सङ्गठनको सङ्गठनिक पद्धति ,विधि ,बढदो नेकपा एमाले प्रतिको आकर्षण र हाम्रो गतिविधिलाई कुनै तवरले हराउन नसक्ने भए पछी केहि असामाजिक चेत बोकेका हरुको येस्ता गतिविधि प्रती हाम्रो नीग्रानी,अनुसन्धान , चासो र ध्यानाकर्षण भएको छ । यस्तो कुकर्म र गलत गतिविधि घटाउने जो कोहि भए पनि आफू सच्चिन ,सुधर्नका निम्ति सचेत गराउदछौ। राजनीतिमा सजग सचेत र ध्यान दिनु आवश्यक रहन्छ विचार ,भिजन र सेवा को स्वच्छ राजनीति गरौं ,अमानवीय तरिकाले गरेको येस्ता गतिविधि अर्थहिन छ ,खेदजनक छ।
यति यस्तो घटना फेरि दोहोरीएमा दोषी उपर हामी जस्तो सुकै कार्वाहीको प्रक्रिया अगाडि बढाउने अनेरास्ववियु हल्दिबारी चेतावनी समेत दिन चाहन्छौ । भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ । “फल लागेको बोटले धेरै झटारो खेप्नु पर्छ यो शोभाविक हो”। हामीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हाम्रो गौरवशाली पार्टी नेकपा( एमाले) को चुनाव चिन्ह अंकित “सुर्य” चिन्हको झण्डा राखेको देखेर सहन नसके पछी झण्डा दिनै जस्तो नष्ट गर्ने ,जलाउने,गाडेका झण्डा उखलेर फालिदिने जस्ता अलोकतान्त्रिक गतिविधि भएको अनेरास्ववियुले आरोप लगाए।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)