समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

राप्रपाबाट अध्यक्ष जितेका लिङ्गदेनले राज्यको सेवा सुविधा उपयोग र भाषण बाहेक केही गरेन्न : उपाध्यक्ष गिरी

हल्दिबारी , ७ बैशाख।  झापाको हल्दिबारीमा जनप्रतिनिधि आए पछीको ५ बर्षको अवधिमा हल्दिबारी गाउँपालिकामा भएका परिवर्तनका काम नेकपा एमालेका तर्फबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले आफू र आफ्नो पार्टीको अगुवाइमा भएको बताएका छन् ।

Advertisement

हल्दिबारीमा एमालेको बहुमत भएको र पुर्व प्रधानमन्त्री केपी शर्मा ओली को नेतृत्व मा रहेको केन्द्रिय र प्रदेश सरकारको सहयोग र समन्वयमा भएकाले अन्य राजनैतिक दललाई अनावश्यक प्रचारप्रसारका साथ जनतामा नजान चेतावनी समेत दिए । पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष एवं एमाले संसदीय दल हल्दिबारीका नेता गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष जितेका रविन्द्र लिङ्देनले पाँच वर्षसम्म राज्यको सेवासुविधा उपभोग र भाषण गर्नुबाहेक केही नगरेको बताएका छन।

Advertisement

बजेट आफै नआउने ,बाटोमा हिडेर कुदेर नआउने अनि कसरी बजेट माग्ने , कोसंग बजेट माग्ने ज्ञान नभएकाहरु कहिल्यै पनि बजेट माग्न मन्त्रालय गएनन् ’उनले भने,‘चिट दिएर , सामाजिक संजालमा लेखेर र बढाइचढाइ गर्दैमा बजेट आउँदैन ।’ अध्यक्ष लिङ्देनले हामीले ल्याएको योजनाको बिषयमा समेत थाहा पाएको छैइन्न।उनीले थप्दै योजना लत्याउने काम गरि बिकास बिरोधि गतिविधि गरेको आरोप लगाए ।

आफुले गाउँपालिका बाट गाडी या अन्य सवारीको नाममा कुनै सुबिधा नलिएको बताउदै उनिले हल्दिबारीमा भएका विभिन्न विकास निर्माणका विषयमा राप्रपा, माओवादी र अन्य केही राजनैतिक दलले जनतामा भ्रम पैदा गर्न लागि परेको बताए । नेकपा एमाले र उपाध्यक्षको पहलमा गाउँपालिकामा हालसम्म भएका केहि महत्वपूर्ण कार्यहरु उल्लेख गरेका छन् ।

स्वास्थ्य तर्फः

१ . जनताहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उदेश्यले जनता उपचार सहायता
परिचालन कोष सन्चालनमा ल्यार्इएको,जसवाट करिव ६ सय जना हल्दीबारीवासीहरु
लाभान्वित हुनु भयो ।
२. स्वास्थ्य सम्बन्धी सामान्य सेवा लिन पनि विर्तामोड, भद्रपुरलगायतका मोफसलका
शहरहरुमा आश्रित रहनु परेको तथ्यहरुलार्इ समेत विष्लेषण गर्दै साविकको तिनवटै
गाविसलार्इ समेट्ने गरि तिन वटा प्याथोलोजि ल्याव सेवा सन्चालन गरिएको छ ।
साथै वर्षको १२ पटकसम्म ल्याब सेवा लिन आउने ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक,
अपाङ्गता भएका व्यक्ति, एकल महिला र शहीद तथा वेपत्ता परिवारका सन्तती तथा
गर्भवती महिलाहरुलार्इ निशुल्क सेवा उपलव्ध गरार्इएको ।
३.. स्वास्थ्य संस्था विहिन हल्दीबारी वडा नं ३ र ५ मा समेत आधारभुत स्वास्थ्य सेवा केन्द्र
सन्चालनमा ल्यार्इएको छ ।
शिक्षा तर्फः
१ . हामी सवैको र्इच्छा अनिवार्य निशुल्क शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ सम्मको
पठनपाठन समेत निशुल्क गरार्इएकोछ ।
२. हल्दीवारी मा.वि.मा पठनपाठन भर्इरहेको माध्यमिक तहको प्राविधिक शिक्षा (बाली
विज्ञान) समेतलार्इ निशुल्क गरिएकोछ।हाल ८३ जनाले निशुल्क वाली विज्ञान
अध्ययन गरि रहेका छन ।
३. कम्प्यूटर शिक्षा समेतलार्इ प्रवर्दन गर्ने उदेश्यले हल्दीबारी गाउँपालिका भित्रका सवै
सामुदायिक विद्यालयहरुमा सुविधा युक्त कम्प्यूटर ल्याव तथा कम्प्यूटर शिक्षकहरुको
व्यवस्थापन गरि कम्प्युटर शिक्षालार्इ समेत अनिवार्य गरिएको छ ।
४. मानसिक विकासको साथसाथै शारिरिक विकास समेतमा ध्यान दिदै खेलकुदको क्षेत्रमा
समेत आफ्नो पहिचान स्थापित गर्ने उदेश्यले खेल तथा योग शिक्षकहरुको व्यवस्थापन
गरिएको ।
५. सबै समुदायिक विद्यालयका विद्यार्थीहरुलार्इ विद्यालयमा जङ्क फुड निशेध गरि
पोषणयुक्त खाजा उपलव्ध गराउने उदेश्यले सवै समुदायिक विद्यालयमा आफ्नै चमेना
गृह निर्माण गरिएको छ ।

६. लोपोन्मुख मेचे समुदायको भाषा संरक्षणका लागि सोही समुदायका विद्यार्थीहरुलाई
लक्षित गरी श्री दीपेन्द्र प्रा.वि.मा मेचेहरुको मातृभाषामा पठनपाठन गर्न स्थानीय
पाठ्यक्रम तयार गरिआवश्यक व्यवस्थापन मिलार्इएको ।
कृषि तथा पशुपालन तर्फः
१ . “हल्दीबारीको बाचा, झापाभरी माछा” कार्यक्रम सन्चालन गरिमाछा पालन व्यवसाय
गर्ने र गर्न चाहाने कृषकहरुको लागि अनुदानको व्यवस्था मिलार्इएको । जसवाट करिव
३० विघा क्षेत्रफलमा माछापोखरी विस्तार भर्इ व्यवसायिक रुपमा माछा उत्पादन हुन
थालेको छ ।
२. पशु नश्ल सुधार कार्यक्रम मार्फत सुत्केरी भएका गाई भैंसीलाई प्रोत्साहन स्वरुप एक हजार
रुपैंया सुत्केरी भत्ता सम्बन्धित कृषकलाई उपलब्ध गराउन आवश्यक व्यवस्था गरिएको ।
३. भुमिगत सिँचार्इका लागि करिव १ हजार कृषक घरपरिवारलार्इ अनुदानमा सिँचार्इ
मोटर उपलव्ध गरार्इएको छ । जसवाट हल्दीबारी गाउँपालिकाको थप १५ सय विघा
जमिनमा सिँचार्इ सुविधा पुगेको छ ।
४. भुतेनी तथा भुसुडी खोला सिँचार्इ अन्तरगत ३ किमि पक्की सिँचार्इ नाला निर्माणको
कार्य यसै आवमा सम्पन्न हुने गरि व्यवस्था मिलार्इएको छ ।भने गत आवमा भुतेनी
खोलावाट सिँचार्इको लागि २५० मि. पक्की नाला निर्माण सम्पन्न गरिएको छ ।
 पर्यटन तर्फः
१ . भेलागढी सामुदायिक वनको हाताभित्र लोकतान्त्रिक शहीद स्मृत्ति पार्कमा आधारभुत
संरचनाहरुको निर्माणको कार्य अन्तिम चरणमा रहेको ।
२. द्रोणचार्य पर्यटकीय मार्ग निर्माणको लागि ट्रयाक खोलि २५०० मिटर ग्राभेल गरिएको
३. हल्दीबारी गाउँपालिका वडा नं ४ मा रहेको पाथिभरा पर्यटकीय क्षेत्रलाई धार्मिक
पार्कको रुपमा विकास गर्ने कार्यलार्इ प्रारम्भ गरिएको
४. हल्दीबारी गाउँपालिका वडा नं ५ मा रहेको सोडागान्धी सिमसार क्षेत्रलाई जैविक
चिडियाखानाको रुपमा विकास गर्न पर्यापर्यटनको अवधारण अनुरुपका कार्यक्रमहरु
सन्चालन गर्न आवश्यक व्यवस्थापन गरिएको ।
पुर्वाधार तर्फः
प्रथम गाउँसभाले काठेपुलमुक्त गाउँपालिका घोषणा गर्ने नीति पारित भए अनुसार यस
आ.व.सम्ममा ९७ स्थानमा स्ल्याव कल्भर्ट निर्माण सम्पन्न गरिएको ।
सडक कालोपत्रे आयोजनाः
निर्माण सम्पन्न भएकाः
– वडा नं २ र ३ मा पर्ने रमाइलो चोकदेखी गरामनी जोड्ने ८ किमि सडक
कालोपत्रे आयोजना
– वडा नं २ मा पर्ने पिपल चोकवाट हल्दीबारी मा.वि हुदै गंगावाध जोड्ने
५ किमि सडक कालोपत्रे आयोजना
– वडा नं ३ मा पर्ने मेजरनी चोकवाट उत्तर कन्टरगुट्टु हुदै दलित वस्तिवाट
चिनीमाया चोक जोड्ने ४२०० मिटर सडककालोपत्रे आयोजना
– खार्साङ्गवारी-मंगलवारे-अधिकारी चोक सडक कालोपत्रे आयोजना
६५०० मि
– गोलधाप प्रहरी विट दक्षिणवाट आसामोड हुदै हुलाकी मार्ग जोड्ने सडक
कालोपत्रे आयोजना करिव ६५०० मिटर
– देउनियावाट पाराखोपी हुदै खर्साङ्गवारी सडक कालोपत्रे आयोजना ४
किमि
– हुलाकी सडक ९५०० मिटर
निर्माणको क्रममा रहेकाः

हल्दीबारी गाउँपालिका क्षेत्र भित्र
जम्मा ४३७०० मिटर कालोपत्रे
सडक निर्माण गरि सकिएको

– वडा नं. १ मा पर्ने जनजागृति मा.वि.देखी किराँतचोक हुँदै फागुनन्दचौक र
चाक्ला चोकवाट राम जानकी मन्दिर जाने सडक कालोपत्रे आयोजना, जम्मा
८५०० मिटर
– वडा नं. ४ र ५ को मंगलबारेवाट धनुषा स्कुल जोड्ने सडक कालोपत्रे
आयोजना, करिव २ किमि
– वडा नं ४ र ५ केदार उप्रेतीको घरवाट वोडोसा चोक हुदै कन्चनश्री चन्द्रमार्ग
जोड्ने सडक कालोपत्रे आयोजना करिव ३ किमि
– वडा नं ३ मा पर्ने कुलुङ्गे चोकवाट ढडुवा वजार हुदै जाम्वा चोक पश्चिम
हुलाकी सडक जोड्ने सडक कालोपत्रे आयोजना । ५ किमि
– खार्साङ्गवारी मंगलवारे अधिकारी चोक सडक कालोपत्रे आयोजना ६५००
मि
– म्याम मार्ग कालोपत्रे आयोजना ९५०० मिटर
भवन निर्माणः
– पालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरमा रहेको
– ३ नं वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएका
– ५ नं वडा कार्यालय निर्माणको क्रममा रहेको
– वडा नं ३ र ५ को लागि आधारभुत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण सम्पन्न
गरिएको ।
– वडा नं २ मा गरिव तथा विपन्नको परिवारको सामुहिक आवासको लागि १३
वटा आवास निर्माण सम्पन्न भर्इ हस्तान्तरण गर्न वाकी रहेको छ ।
– पालिकाका विभिन्न स्थानमा गरिव तथा विपन्न परिवारको लागि ३३ वटा
आवास निर्माण गरि हस्तान्तरण समेत गरिसकिएको छ ।
– हल्दीबारी नमुना माध्यमिक विद्यालयको लागि तिन तले ९ कोठे विद्यालय
भवन निर्माण सम्पन्न गरिएको ।
– लक्ष्मी माध्यमिक विद्यालयमा १८ वटा व्यवसायिक सटर सहितको
वहुउदेश्यिय विद्यालय भवन निर्माण गरिएको ।
– अन्य विभिन्न विद्यालयहरुको गरि जम्मा १३ वटा विद्यालय भवन निर्माण
गरिएको ।
– जागृती क्याम्पस भवन निर्माण गरिएको ।
कच्ची सडकः
– सडक ग्राभेल १२५ किमि भन्दा वढी
– स्तरोन्नती ८५ किमि भन्दा वढी
 खानेपानीः
– ८६ किमि खानेपानी विस्तार
– ५०० विपन्न घरधुरीमा पहिचान गरि निशुल्क खानेपानी जडान शुरु गरिएको छ ।

.

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article