समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा  निर्वाचन अधिकृतको कार्यालय स्थापना

हल्दिवारी , ८ बैशाख । हल्दिवारीमा  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि   निर्वाचन अधिकृतको कार्यालय विहीबार स्थापना गरेको छ ।

निर्वाचन अधिकृत नारद प्रसाद भट्टराईको  कार्यालय हल्दिवारी गाउँपालिकाको नवनिर्मित भवनमा कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन  अधिकृत नारद प्रसाद भट्टराईले हल्दिवारी गाउँपालिकामा १४ वटा मतदान केन्द्रबाट  निर्वाचन लाई अगाडि बडाउन लागेको जानकारी दिए ।

कार्यालय स्थापना कार्यक्रममा निर्वाचन अधिकृत भट्टराई   गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन , प्रमुख प्रशासकीय अधिकृत प्रवीन दहाल ,प्रेस क्लब हल्दिवारीका अध्यक्ष नेत्र बिक्रम बिमली ,स्थानीय सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहेको थियोे ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)