हल्दिवारी , ८ बैशाख । हल्दिवारी गाउँपालिकाको कामकाज नयाँ भवन हल्दिवारी -५ धनुष पोखरीबाट शुरु भएको छ ।
गाउँपालिकाको आफ्नो भवन नभए पछि करिब ५ बर्षसम्म भाडाको घरहरूमा बसेर सेवा दिदै आएकोमा आज बिहिवार देखि भने नयाँ भवनको कार्यालयबाटनै सेवा दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत प्रवीन दहालले बताउनु भयो l
उनका अनुसार अब आइतबारदेखि सबै कामकाज सुचारु हुने र सेवा ग्राहीलाई समेत सजिलो हुने छ ।
प्रमुख प्रशासकीय अधिकृत दहालका अनुसार ४ करोड १० लाखमा सम्पन्न हुन लागेको भवनको करिव ५ प्रतिशत काम सम्पन्न हुन भने केही दिन लाग्ने छ । हल्दिवारीको पहिचान झल्काउने धनुष पोखरीको नामबाट धनुष आकारको भवन सम्पन्न भएको छ ।
सबै बिषयगत शाखाहरु एकै ठाउमा भएको हुनाले समेत काम गर्न सजिलो हुने समेत कर्मचारीहरु बताउछन् । जनप्रतिनिधिहरुले भने नयाँ भवनमा बस्ने अवसरनै नपाई स्थानीय निर्वाचन हुन लागेको छ ।