समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा खानापकाउने ग्यासको कालोबजारी : उद्योग बाणिज्य संघले दियो चेतावनी 

हल्दिवारी ,१० बैशाख ।  हल्दिवारी उद्योग बाणिज्य संघले कालो बजारी गर्ने हल्दिवारीका ग्यास बिक्रेतालाई चेतावनी दिएको छ।
यहाँका केही ग्यास बिक्रेताले बजार मूल्य भन्दा बढी मुल्य लिदै ग्यास बिक्री गरेको गाह्रकहरुबाट गुनासो आएपछि हल्दिवारी उद्योग बाणिज्य संघले बजार मुल्य भन्दा बढीमा अब उप्रान्त नबेच्न चेतावनी दिएको छ ।
संघका अध्यक्ष सुमन्त मैनालीले बजारमा  ग्यासको कृत्रिम अभाव गराई व्यवसायीले कालोबजारी गरेको प्रति दुख प्रकट गरेका छन् ।
 हल्दिवारी गाउँ पालिका भित्रका कुनैपनि व्यवसायीले जनताका अति आवस्यक खाद्यान्न ,ग्यास लगायतका सामाग्रीहरुमा कालोबजारी गरेको पाइएमा कानुन अनुसारको कार्वाहीको लागि  सम्बन्धित निकायलाई पत्राचार गर्ने समेत जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)