जलथल,झापा । हल्दिवारी गाउँपालिका ४ नं. वडा कार्यालय वडा स्तरीय समावेशी विकास समितिले तयार पारेको पुस्तकको वडा अध्यक्ष होम प्रसाद चुडालले सार्वजनिककरण गरेका छ्न । समितिको सभापति तथा वडा सदस्य पवित्रा सेन्चुरीको अध्यक्षता तथा वडा अध्यक्ष होम प्रसाद चुडालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिले तयार गरेको पुस्तक ” समावेशी स्मारिका ” अनावरण गरिएको छ ।

समावेशी स्मारिका सार्वजनिककरण कार्यक्रममा प्रमुख अतिथि चुडाल , वडा सदस्य गितादेवी भण्डारी ,महेसलाल मेचे , पुर्व जलथल गाविस उपाध्यक्ष संतलाल मेचे ,समाजिक अगुवाहरु प्रेमराज घिसिङ ,नितेस शाह ,सुर्य राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । पुस्तक तयार गर्दा परेका समस्या तथा चुनौतीका बारेमा पुस्तक स्मारिका प्रकाशन समितिका संयोजक हैकमराज घिसिङले प्रष्ट पारेका थिए ।

उक्त स्मारिकामा मधेसी ,मुसलमान ,तामाङ ,लिम्बु ,मगर ,राई ,मेचे ,सन्थाल ,राजवन्सी ,गुरुङ ,नेवार,माझी ,शेर्पा र दलित जातिको बारेमा जानकारी दिएको छ । समितिका सदस्य काजीमान घिसिङले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण वडा सचिव जयप्रसाद पोख्रेलले गरेका थिए ।
