समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानास्थित ३७ वर्षीय शिवहरि राउतको घरबाट तास खेलिरहेको अवस्थामा शिवहरि सहित ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेल्दै गरेको अवस्थामा नगद ८३ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article