समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पल प्रकरणमा दुवै जिल्लाका मुद्दा एकैठाउँमा राखेर हेर्न उच्च अदालतको आदेश

उच्च अदालत पोखराले अभिनेता पल शाहविरुद्ध चलिरहेका मुद्दालाई एकै ठाउँमा राखेर हेर्न आदेश दिएको छ। नाबालिग गायिकामाथि बलात्कार आरोप लागेका दुवै मुद्दालाई सँगै राखेर हेर्न उच्च अदालत पोखराले आदेश दिएको हो । दुवै मुद्दामा पीडक पनि समान व्यक्ति र पीडित पनि समान व्यक्ति भएको जनाउँदै अदालतले कसुरको प्रकृति पनि एकैखालको भएकाले सँगै राखेर हेर्न आदेश जारी गरेको हो।

Advertisement

जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो । शाहले दुवै जिल्ला अदालतको आदेश बदर गरेर साधारण तारेख वा धरौटीमा रिहाइको माग गर्दै छुट्टाछुट्टै निवेदन थिए।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article