हल्दिवारी ,१५ बैशाख । हल्दिवारी गाउँपालिका स्थित शान्ति सामुदायिक बनका पुर्व सचीव ३ थान भरुवा बन्दुक सहित पक्राउ परेका छ्न ।
डिभिजन बन कार्यालय झापाको विशेष गस्ती टोलिले वडा नम्बर – ५ का गुप्तबहादुर फागो सहितको समुहबाट ३ थान भरुवा बन्दुक फेला पारेको डिभिजन बन कार्यालयले जनाएको छ । जलथल सब डिभिजन कार्यालयका रेञ्जर दिपकसेन भण्डारीले पक्राउ गरेको कुराको पुष्टि गरेका छ्न ।
एसियाकै जैविक बिबिधताले भरिएको जलथल जङ्गलमा बन्यजन्तु चोरी निकासी तथा काठ तस्करीमा समेत फागो सहितको १४- १५ जनाको समूह रहेको स्थानीय बन उपभोक्ता नाम नखुलाउने सर्तमा बताए। डिभिजन बन कार्यालयले भने ४ जनाको समूह शान्ति बन समुहको जलथल जङ्गल भित्र बन्यजन्तु चोरी सिकारी गर्न पुगेको अवस्थामा गस्ती टोलीलाई देखेपछि भागेका थिए भने पुर्व बन सचीवलाई भने बनको सुरक्षा टोलिले नियन्त्रणमा लिएर आवस्यक कार्वाहीको लागि छानबिन गरिरहेको भण्डारीले जानकारी दिए ।

पक्राउ परेका फागोबाट बन्यजन्तु शिकारी र काठ तस्करहरुका नाम सार्वजनिक हुने डरले उनिहरुलाई छुटाउन राजनैतिक दबाब आएको समेत बुझिएको छl
एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गलमा फरेस्ट एक्सन नेपालले राखेका क्यामेरा सहित यिनै तस्करीका नाइकेहरुको समुहले चोरी गरेको समेत खुल्न आएको छ । बन्यजन्तु को पहिचान र अवस्थाको बारेमा राखिएको केही क्यामेरा चोरी भएपछि फरेस्ट एक्सन नेपालले बन भित्र सुस्म किसिमका नाइट भिजन क्यामेरा जडान गरि अनुसन्धान गर्दै आएको छ।