समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाका चिया उद्योगी पराजुलीलाई लाईफटाइम अचिभमेन्ट अवार्ड

झापाका चिया उद्योगी चण्डी पराजुलीलाई लाईफटाइम अचिभमेन्ट अवार्ड २०७९ु प्रदान गरिएको छ । नेपाल सरकारको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड केन्द्रीय कार्यालय, कीर्तिपुर काठमाडौँले आफ्नो स्थापना दिवसको अवसरमा भद्रपुर नगरपालिका-८ निवासी पराजुलीलाई बिहीबार एक समारोहका बीच लाईफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

Advertisement

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्मा र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पराजुलीलाई सो अवार्ड प्रदान गरेका हुन् ।

Advertisement

नेपालमा चिया उद्यमशीलताको जग बसान्ज रोपण, प्रशोधन, बजारीकरण एवम् निर्यात व्यापार जस्ता सर्वपक्षीय व्यावसायिक विद्याहरूमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई २६ औं राष्ट्रिय चिया दिवसको अवसरमा अवार्ड प्रदान गरिएको जनाइएको छ ।

वि।सं। २००९ साल बैशाख ५ गते भोजपुर जिल्ला साबिक आङ्तेप गाविसमा पिता स्व। नरनाथ पराजुली तथा माता स्व। सरस्वती पराजुलीको जेयष्ठ सन्तानको रुपमा जन्मिएका पराजुलीले आफ्नो जीवनको ऊर्जाशील युवा अवस्थाबाटै नेपालको चिया क्षेत्रको प्रचुर सम्भावनाको बृहत्तर क्षितिज भित्र लगन, इमानदारिता र निष्ठापूर्वक ३४ वर्ष भन्दा बढी चिया क्षेत्रमा क्रियाशील रहेका छन् ।

२०४३ सालदेखि चिया क्षेत्रमा लागेका पराजुलीले सुरुमा हल्दिबारी टी इन्डष्ट्रिज स्थापना गरे । त्यसपछि डाँफे टी इन्डष्ट्रिज हुँदै पराजुली टी इन्डष्ट्रिज खोले । हाल उनले झापा र इलाममा सिटीसी, अर्थोडक्स र ग्रिन टी गरी १० वटा उद्योग सञ्चालन गरिरहेका छन् । नेपाल चिया उत्पादक संघका पूर्व अध्यक्ष समेत रहेका उनी हाल संघका सल्लाहकार रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article