समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एक युवकलाई अपहरण गरेको अभियोगमा प्रहरीले समात्यो भक्तपुरका पाँच जनालाई

काठमाडौं स्थित सिनामंगलबाट एक युवकलाई अपहरण गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने रहेका छन् ।

Advertisement

प्रहरी परिसर, काठमाडौंले दिएको जानकारी अनुसार निजहरुले सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको हुन् । प्रहरीको प्रारम्भिक अनुशन्धान अनुसार अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको अनुमान गरेको छ ।

Advertisement

यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article