समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भोट माग्दै हिँडेका एक वृद्धको मृत्यु

स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)को घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु भएको छ । सिरहाको नवराजपुर गाउँपालिका-१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो ।

Advertisement

चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको प्रहरीले जनाएको छ । मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

Advertisement

शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article