समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चितवनमा घाँस काट्न गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु

चितवनको खैरहनीमा घाँस काट्न गएका एक पुरुषको बाघको आक्रमणबाट ज्यान गएको छ ।

Advertisement

खैरहनी नगरपालिका–१३ बैरिया बस्ने ६६ वर्षीय नारायण दाहालको आज विहान ८ बजे घाँस काट्न बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । बाघले आक्रमण गरेको सुचा पाएलगत्तै राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले खोजी कार्य सुरु गरेको थियो ।

Advertisement

दाहालको शव घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामाआक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा बरामत भएको थियो । उनको शव अहिले मुचुल्का उठाएर भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article