समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीका सडकमा पार्टीको झण्डा राखेर निर्वाचन आचारसंहिता उलङ्घन

हल्दिवारी , १८ वैशाख ०७९ । हल्दिवारी गाउँपालिकाको गोलधाप ,पाराखोपी ,मंगलबारे , बडावारी ,ढडुवा ,स्कुल चोक अधिकारी चोक, सडक किनारमा झण्डालगायतका प्रचार सामाग्री राखेर उम्मेदवारहरुले निर्वाचन आचार संहिता उलङ्घन गरेका छन् ।

Advertisement

यी सडकमा राप्रपा ,नेकपा माओवादी, नेपाली काँग्रेस, एमालेले झण्डा राखेका हुन् ।  २०७८ चैत्र ८ गते जारी राजपत्रको सूचनामा प्रकाशित आचार संहितामा ‘कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकको स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि किसिमको डिजिटल बोर्ड,फलेक्स वा ग्लुसाइन बोर्ड राख्न वा श्रव्य सामाग्री बजाउन र श्रव्यदृश्य सामाग्रीहरु प्रर्दशन गर्न नहुने’ उल्येख छ ।

Advertisement

हल्दिवारीमा विभिन्न दलका उम्मेद्बारहरुले मतदातालाई प्रभाव पार्न रातीराती ,जिन्सी तथा खाद्यान्न सामाग्री समेत बाडेको सूचना प्राप्त भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article