सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए ।
