समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजूरी दर्ता

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डंगोलविरुद्ध आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजुरी दर्ता भएको छ ।

Advertisement

डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको उजुरीमा उल्लेख गरिएको छ । शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा डंगोलले समाजशास्त्र विषयमा स्नातक गरेको पाइएको छ ।

Advertisement

डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गराउन उजुरीमा उल्लेख गरिएको छ । डंगोल विरुद्ध वैशाख १६ गते उजुरी दर्ता भएको थियो । उनीमाथि गैरकानूनी आर्थिक लाभ लिएको आरोप लागेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article