समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रहरी वरिष्ठ हवल्दारको पराजुलीको गाडीको ठक्करबाट मृत्यु

धनुषामा गाडीको ठक्करबाट एक प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुली रहेका छन् ।

Advertisement

धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल आउँदै गरेका वरिष्ठ हवल्दार पराजुलीलाई ईलाका प्रहरी कार्यालयकै अगाडी नम्बर नखुलेको गाडीले ठक्कर दिएको बताइएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । पराजुली तीन महिनाअघि ईलाका प्रहरी कार्यालय ढल्केवरमा सरुवा भएर आएका थिए।

Advertisement

सिसी क्यामेरामा ठुलो गाडी देखिएको छ। ट्रक वा मालबाहक ट्यांकर हुन सक्ने हामीले अनुमान गरेका छौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article