हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

विश्व बैंकले पुनर्निर्माणका लागि २०करोड डलर सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि थप २० करोड डलर सहयोग गर्ने भएको छ । आवास परियोजनाका लागि विश्व बैंकले थप २० करोड डलर अर्थात् करिब २२ अर्ब ६० करोड रुपैयाँ सहयोग गर्ने प्रस्ताव विश्व बैंकको मुख्यालयले स्वीकृत गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जनाएको छ ।

Advertisement

सहयोग रकम भूकम्पबाट प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० आवास पुनर्निर्माणका लागि रहेको बैंकले जनाएको छ । भूकम्पबाट प्रभावित कोही पनि नेपाली पुनर्निर्माणबाट वञ्चित हुन नपरोस् भनेर विश्व बैंकले थप सहयोग गर्न लागेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)