खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

आईसीसी वर्ष खेलाडी इङ्ल्याण्डका स्टोक्स बने 

एजेन्सी,काठमाडौँ । इङ्ल्याण्डका अल राउन्डर बेन स्टोक्सले आईसीसी वर्ष खेलाडी बन्दै प्रतिष्ठित सर गार्फिल्ड सोबर्स ट्रफी हात पारेका छन् ।गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका स्टोक्सले इङ्ल्याण्डलाई पहिलो विश्वकप दिलाउन प्रमुख भूमिका खेलेका थिए । फाइनलमा स्टोक्सले ८४ रन बनाएपछि इङ्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गरेको थियो ।

Advertisement

भोटिङ अवधिका दौरान २० एकदिवसीय खेलमा स्टोक्सले ७ सय १९ रन बनाउनका साथै १२ विकेट लिए । त्यस्तै, ११ टेस्टमा उनले ८२१ रन बनाउँदै २२ विकेट लिए । यसमा एसेज सिरिजका दौरान रोमाञ्चक खेलमा उनले लिड्समा बनाएको १ सय ३५ रन पनि सामेल छ ।

Advertisement

उता, अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स वर्षको उत्कृष्ट टेस्ट खेलाडी चुनिए भने भारतका ओपनर रोहित शर्मा वर्षको उत्कृष्ट एकदिवसीय खेलाडी चुनिए ।भारतीय बलर दीपक चहार टी–२० पर्फमेन्स अफ द इयर चुनिए भने अस्ट्रेलियाका मार्कस लाबुसेनले उदयमान खेलाडीको उपाधि हात पारे । स्कटल्याण्डका कायल कोएटजरले वर्षको उत्कृष्ट एसोसिएट क्रिकेटरको उपाधि जिते ।

गत वर्ष वर्ष खेलाडी, टेस्ट खेलाडी र एकदिवसइ खेलाडीको उपाधिमा क्लिन स्वीप गरेका भारतका कप्तान विराट कोहलीले स्पीरिट अफ क्रिकेट अवार्ड हात पारे । उनले प्रतिबन्धपछि मैदान फर्किएका अस्ट्रेलियाका पूर्व कप्तान स्टीभ स्मिथलाई गिज्याउने भारतीय समर्थकहरुलाई रोकेका थिए ।उत्कृष्ट अम्पायरका लागि डेभिड सेफर्ड ट्रफी रिचर्ड इलिङवर्थले हात पारे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article