समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बसको ठक्करबाट मोटरसाइकल चालको मृत्यु ,फरार बस चालकको खोजी गर्दे प्रहरी

सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा गएराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ना ४ ख ६८ ४० नम्बरको बसले को ५ प ४० ०४ नम्बरको मोटरसाइकललाई गएराती साढे १० बजे ठक्कर दिएको थियो । दुबै सवारी साधन नियन्त्रणमा लिएको र बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article