समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

म्यादी प्रहरीमा भर्ना भएका चार जनाको मृत्यु , ४८ जना बर्खास्त

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि भर्ना भएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । ती मध्ये एक महिलाले आत्महत्या गरेकी हुन् ।

Advertisement

ललितपुर, हुम्ला, सिन्धपाल्चोक र नुवाकोटमा चार म्यादी प्रहरीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक चौताराका दुर्गासिं बस्नेतको भीरबाट लडेर, नुवाकोटका योगेन्द्र न्यौपानेको दुर्घटनाबाट, हुम्लाका जसबहादुर रोकाको सतेकै अवस्थामा मृत्यु भएको र सिन्धुपाल्चोककी अनिता भट्टराईले ललितपुरमा विष सेवन गरी आत्महत्या गरेकी हुन् ।

Advertisement

सरकारले निर्वाचनमा खटिएको बेला सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । त्यस्तै, निर्वाचनको सुरक्षामा खटिएका ४८ जना म्यादी प्रहरीलाई भने बर्खास्त गरीएको छ। उनीहरुमाथि आचरण विपरित गतिविधि गरेको आरोप लगाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article