समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कैलालीमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

कैलालीको भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भजनी नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् । गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

हिजो बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिडिरहेका बृद्धलाई ठक्कर दिएको हो । मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article