समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय भुपेन्द्रको मृत्यु , घाइते अविशेकको उपचार हुँदै

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा आइतबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

Advertisement

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार त्रियुगा नगरपालिका–१ का २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घाइते भएका मोटरसाइकल चालक १८ वर्षीय अविशेक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोतिगडाबाट जोगिदहतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ८ बजे अनियन्त्रित भइ पल्टिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article