समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

तीन करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर

युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक कन्सल्टेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

Advertisement

विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एन्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व न्यायाधीकरण मुद्दा दायर गरेको हो । विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेखबहादुर गुरुङ र सुनील लम्साललाई पनि ठगी मुद्दामा विपक्षी बनाएको छ ।

Advertisement

ठगीका आरोपी भट्टराई, गुरुङ र लम्साललाई विभागमा खटिएको नेपाल प्रहरी नायब उपरीक्षक नेतृत्वको टोलीले गत चैत २८ गते पक्राउ गरेको थियो ।विभागले दिएको जानकारीअनुसार ठगीका आरोपीले पोर्चुगल, स्पेन र फ्रान्ससहितका मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भन्दै प्रतिव्यक्ति १७ लाख ९२ हजार रुपियाँसम्म ठगी गरेकोपाइएको छ ।

युरोपको प्रलोभनमा पारेर २२ जनाबाट असुली गरेको दुई करोड ८८ लाख ४१ हजार सात सय र त्यसको ५० प्रतिशत जरिवानासहित चार करोड २३ लाख ५० रुपियाँ बिगो कायम गरिएको विभागले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article