समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

डिलासैनी गाउँपालिकाको वडा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना प्रहरीको नियन्त्रणमा

जिल्लाको डिलासैनी गाउँपालिकाको वडा अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही जिल्लाको पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको अभियोगमा रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै प्राध्यापकमाथि कुटपिट गरेको बताइएको छ । यस विषयमा प्रहरी चौकी गोकुलेश्वरमा दुई पक्षबिच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Advertisement

डिलासैनी गाउँपालिका मा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन रहेको छ । घाइते जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article