समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

निर्वाचनको मुखैमा उम्मेदवारको मृत्यु भएपछि छलफलमा जुट्यो निर्वाचन आयोग

निर्वाचनको मुखैमा उम्मेदवारको मृत्यु भएपछि यति बेला निर्वाचन आयोग छलफलमा जुटेको छ । उम्मेदवारको मृत्यु भएपछि उक्त स्थानमा कुन तरिकाले निर्वाचन गर्ने भन्दै आयोग छलफलमा जुटेको हो । आयोगले दिएको जानकारी यस विषयमा आज नै निणर्य गरिने जनाएको छ ।

Advertisement

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी कांग्रेसका तर्फबाट उपमेयर पदकी उम्मेदवार शुभावती कुर्मीको सोमबार राति हृदयाघातका कारण मृत्यु भएको छ । त्यसैगरी, नेकपा एमालेबाट दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाध्यक्ष पदका उम्मेदवार लवरु चौधरीको पनि सोमबार नै मृत्यु भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article