समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

घरदैलोको क्रममा वडाध्यक्षका उम्मेदवारको मृत्यु

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि वडाध्यक्षका उम्मेदवारको घरदैलोको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएको हो । चुनावी प्रचार प्रसारको क्रममा स्वास्थ्यमा अचानक समस्या आएपछि ५४ वर्षीय चौधरीलाई नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो ।

Advertisement

नेपालगञ्जमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं ल्याइएको थियो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको फोक्सोमा समस्या देखिएको जनाइएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article