समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आजबाट देशभरका विद्यालय ६ दिन बन्द

आज बुधबारबाट देशभरका विद्यालयहरु ६ दिन बन्द हुने भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सरकारले तिन दिन बिदा दिएको हो । बाँकी तिन दिन भने वैशाख ३१ गते शनिबार , जेठ १ गते आइतबार पनि सरकारले सार्वजनिक विदा गरेकाले र जेठ २ गते वुद्ध जयन्ती परेकाले ६ दिन विद्यालय बन्द हुने भएका हो ।

Advertisement

धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र हुनुका साथै कतिपय शिक्षक निर्वाचनमा खटिनुपर्ने तथा कतिपय मतदान गर्न जिल्ला जानुपर्ने अवस्था भएकाले आजैबाट सरकारले विद्यालय बन्द गरेको हो । ३० गते शुक्रबार देशैभर एकै चरणमा निर्वाचन हुने भएको छ । हिजो मंगलबार रातिबाट निर्वाचन आयोगको मौन वधि सुरु भइसकेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article