समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

स्थानीय तह निर्वाचन स् देशभर २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी परिचालन ,एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता

यही शुक्रबार ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देशभर २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी परिचालन गरिने भएको छ । गृहमन्त्रालयले दिएको जानकारी म्यादी,सशस्त्र, नेपाली सेनासहित २ लाख ६६ हजार ५५५ सुरक्षाकर्मी निर्वाचनमा खटिने भएका हुन् ।

Advertisement

जसमा नेपाल प्रहरीबाट ६१ हजार ८३१ जना, म्यादी प्रहरीबाट ९९ हजार ९५२ जना, सशस्त्र प्रहरीबाट ३१ हजार ९२२ जना र नेपाली सेनाबाट ७३ हजार २४९ जना रहेका छन् । निर्वाचनको लागि उपत्यकामा मात्र ११ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने मन्त्रालयले जनाएको छ । जसमा नेपाल प्रहरी ४ हजार २१७ जना, म्यादी प्रहरी ४ हजार ७११ जना रहेका छन् ।

Advertisement

काठमाडौंमै नेपाली सेना २ हजार २६७ जना,राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी (एनआईडी)३२५ जना खटिएका छन् । निर्वाचनको लागि देशभर १० हजार ७५६ मतदान स्थल रहेको छ । भने, मतदान केन्द्र २१ हजार ९५५ रहेका छन् । जसमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदाता सहभागी हुने आयोगले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article