समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

निर्वाचनको प्रभाव : गएको ४ दिनमा २ लाख २० हजारले छाडे उपत्यका

स्थानीय तह निर्वाचन मुखैमा आउँदा भोट हाल्न भन्दै काठमाडौं उपत्यका छोडेर जानेको संख्या हवात्तै बढेको छ । गएको ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढीले उपत्यका छाडेको पाइएको छ । हिजो मंगलबार मात्रै करिब ६० हजारले उपत्यका छोडेका थिए ।

Advertisement

उपत्यकमा भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ । आज बुधबार उपत्यका छाड्नेको संख्या पनि ह्वात्तै बढेको छ । हरेक नाका आज यात्रुको चाप बढेको पाइएको छ । हिजोको भन्दा आज उपत्यकाबाट यात्रु बाहिरिने संख्या बढ्न सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article