समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रौतहटको यमुनामाई गाउँपालिकामा लुटिएको मतपत्र पानी हालेको अवस्थामा बरामत , मतदान भयो रद्द

रौतहटको यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । बिहानै देखि उक्त स्थानमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीका कार्यकर्ताबिच झडप भइरहेको थियो ।

Advertisement

आक्रोशित भीडले मतदान केन्द्र कब्जामा लिएर मतपेटिका जफत गर्नुको बाँकी रहेको मतपत्र च्यातेका छन् । लुटेर लगिएको मतपत्र पानी हालेको अवस्थामा बरामत भएको प्रहरीले जनाएको छ । निर्वाचन अधिकृत हरिप्रसाद शर्माले भने दुवै स्थानको मतदान रद्द भएको जानकारी गराएका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article