समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापामा सहायक मतदान अधिकृत निष्कासित

झापामा मापसे (मादक पदार्थ सेवन) गरेर मतदान केन्द्रमा छिरेका एक जना सहायक मतदान अधिकृतलाई निष्कासन गरिएको छ। झापा गाउँपालिका–६ सरणामतिस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्र ‘ग’ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेतले मापसे गरेको पाइएको हो।

Advertisement

मतदान प्रक्रिया सुरु भएको निक्कै बेरपछि उनले मासपे गरेर आएको खुलेको थियो। बस्नेतले मतदान केन्द्रमा छिरेर काम पनि गरेका थिए।

Advertisement

सहायक मतदान अधिकृतले मापसे गरेको गुनासो मतदाताले गरेपछि निष्कासन गरिएको मतदान अधिकृत युवराज नेपालले जानकारी दिए। उनका अनुसार मतदानको प्रक्रिया भने सहायक मतदान अधिकृत बिना नै जारी राखिएको छ।

‘मतदानका क्रममा मतदाताले गुनासो गरेपछि सहायक मतदान अधिकृतलाई निष्कासन गरिएको छ,’ नेपालले भने, ‘अर्को व्यक्तिलाई सहायक मतदान अधिकृत तोक्न सक्ने अवस्था नभएपछि भएका कर्मचारीबाटै मतदान प्रक्रियालाई भने जारी राखिएको छ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article