समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सिरहाको औरही गाउँपालिका–५ मा शनिबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छिन् ।

Advertisement

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी दासको उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको हो ।भारतिय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेकी दासलाई हिजो बेलुकी ७ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Advertisement

मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कायालय सिरहाले नियन्त्रणमा लिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article