हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बीएन्डसीका सञ्चालकलाई २१ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

 काठमाडौं । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई २१ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ ।

Advertisement

जिल्ला अदालतका अधिकृत टीकासिंह खत्रीले प्रसाईंलाई लिखित जावफसहित २१ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको जानकारी दिए

Advertisement

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीले आफूले घुस मागेको भन्दै प्रसाईंले आफ्नो मानहानि गरेको भन्दै गाली बेइज्जती तथा मानहानीमा मुद्दा दायर गरेका छन् । सोही मुद्दामा अदालतले प्रसाईंलाई लिखित जवाफसहित हाजिर हुन भनेको हो ।

प्रसाईँले मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिनका लागि गिरिले २० करोड घुस मागेको आरोप लगाएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)