समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मोदी भोलि नेपाल आउँदै, प्रधानमन्त्री देउवा पुगे लुम्बिनी

प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि (सोमबार) ६ घण्टाको लागि नेपाल आउँदैछन् । त्यसको लागि प्रधानमन्त्री देउवा पत्नी डा। आरजु राणासहित लुम्बिनी पुगेका हुन् । उनीसँगै गृहमन्त्री बालकृष्ण खाँण, पर्यटनमन्त्री प्रेमबहादुर आले र उर्जामन्त्री पम्फा भुषाल लुम्बिनी पुगेका छन् । प्रधानमन्त्री देउवालाई लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले स्वागत गरेका हुन् ।

Advertisement

भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौंपटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

Advertisement

तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार विहान एघार बजेतिर लुम्बिनी आउने छन् । हेलिकप्टरबाट झरेपछि उनी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । साढे ११ बजे मोदी त्यहीं आयोजना गरिने भूमी पुजा कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article