समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा चट्याङ लागेर हस्दाको मृत्यु 

हल्दिवारी , २ जेठ । गएराति पानीसँगै परेको चट्याङ लागेर झापा को हल्दिवारीमा एक जनाको मृत्यु भएको छ ।

Advertisement

चट्याङ लागेर मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका -२ स्थित राईटोल निवासी सुफल हस्दाका २६ वर्षीय छोरा भेना हस्दा रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

Advertisement

प्रहरीका अनुसार गएराति साढे १ बजे भेना शौचालय गर्न कोठाबाट बाहिर निस्किएका थिए । सोही बेला परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो ।

यता प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article