समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धको जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचिन सभ्यताको प्रतिक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए ।

Advertisement

नेपालीमा बोल्दै मोदीले भने, ‘मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ ।’ बुद्ध मानवताको सामूहिक बोधको अवतरण भएको बताए । बुद्ध बोध र शोध दुवै भएको बताए । बुद्ध विचार र सभ्यता भएको बताए ।‘उहाँले हामीलाई यो अनुभूति गराए, प्राप्तिभन्दा पनि बढी महत्व त्यागको हुन्छ । त्याग गरेरै राजपरिवार छोडेर वनबास गए,’ प्रधानमन्त्री मोदीले भने ।

Advertisement

बुद्ध वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्मिएको भन्दै उनले भने, ‘वैशाख पूर्णिका दिन लुम्बिनीमा बुद्धको जन्म भएको थियो । यही दिन बोधगयामा ज्ञान प्राप्त गर्नुभयो । यही दिन कुसीनगरमा महापरिनिर्वाण भयो । यही वैशाख पूर्णिमाका दिन भगवान बुद्धको जीवन रह्यो ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article