समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

स्थगन भएकानौ मतदान केन्द्रमा आज निर्वाचन

गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज मतादान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नपा–५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माविको १ मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरको पिस क्रियटिभ एकेडेमीस्थित १ मतदान केन्द्र रहेको छ ।

Advertisement

राजनीतिक दल र उम्मेदवार तथा अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ । स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

Advertisement

जेठ ४ गतेका लागि तनहुँको व्यास नपा–४ को गाविस भवन मतदानस्थलका दुई केन्द्र, रौतहटको गढीमाइ नपा–३ स्थित प्रावि लक्ष्मीपुरका दुई मतदान केन्द्र र वडा नं ६ को प्रावि आदर्श मावि मतदानस्थलको दुई मतदान केन्द्रमा मतदान हुने मिति तय भएको छ ।

स्थागन भएकामध्ये बाजुराको बुढीगङ्गा नगरमा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालबाट आएको सिफारिसका सम्बन्धमा गठित छानबिन समितिले स्थगलत अध्ययन गरी प्रतिवेदन बुझउँदैछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article