समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

धनुषामा दाजुभाईको विवाद हुँदा गोली चल्यो

धनुषाको नगराइन नगरपालिका–८ मा दुई पार्टीमा आवद्ध दाजुभाईबीच विवाद हुँदा गोली चलेको छ । चुनाव हार जितको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले समर्थक दाजुभाईबीचको विवादले गोली चलेको हो ।

Advertisement

चुनाव हारजितको विषयमा दाजुभाईहरुबीच नसिव पासवान, जामुन पासवान र श्रीनारायण पासवानबीच विवाद भएको हो । झगडामा सम्लग्न भएको आशंकामा प्रहरीले ११ जनालाई पक्रउ गरेको छ ।

Advertisement

घटनास्थलबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ । फायर भएको एक राउण्ड गोलीको खोका समेत प्रहरीले फेला पारेको जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article