खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी ३ मा अन्तर प्रावी स्तरीय खेलकुद हुँदै

 हल्दिवारी गाउँपालिका वडा नम्बर ३ ले अन्तर प्रावि स्तरीय प्रथम वडा कप खेलकुदको आयोजना गर्ने भएको छ ।

Advertisement

वडा नम्बर ३ मा भएका ३ सामुदायिक र २ निजि विद्यालयका विद्यार्थीहरुले उक्त खेलकुद प्रतियोगितामा भाग लिने बताइएको छ । खेलकुद बिकास समिति सदस्य तथा लक्ष्मी माविका शिक्षक वोधकृस्ण पौडेलले दिएको जानकारी अनुसार माघ ८ गते पन्चायत माविको खेलमैदान १२ बिदामा खेल सम्पन्न हुनेछ ।

Advertisement

१२ स्वर्ण पदककालागी उक्त प्रतियोगितामा फुटबल ,कवड्डी ,एथलेटिक्स ,भाले जुदाई ,वेलन फुटाई ,चम्चा दौड जस्ता खेल समाबेश गराईएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article