समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

इलामको देउमाई नगरपालिकामा एमाले विजयी

देउमाई नगरपालिकाको मेयरमा नेकपा एमालेका सूर्य पोख्रेल र उपमेयरमा एमालेकै पविमाया राई विजयी हुनुभएको छ । एमालेका पोख्रेलल ८ हजार ६ सय ९५ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका होम दुलालले ७ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरका विजयी राईको आठ हजार पाँच सय ६३ मत छ ।

माओवादी केन्द्रका राम राईले भने पाँच हजार सात सय ६५ मत प्राप्त गर्नु भएको छ । पोख्रेल र राई २०७४ सालको चुनावमा पनि मेयर र उपमेयरमा विजयी हुनुभएको थियो । ९ वटा वडा रहेको देउमाई नगरपालिकाको ५ वटा वडामा एमाले र ४ वटा वडामा कांग्रेस वडाध्यक्षमा विजयी भएका छन् ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)