समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बिर्तामोडमा ट्रकको ठक्करले काफ्लेको मृत्यु

हल्दिवारी। झापाको बिर्तामोडमा ट्रकको ठक्कर एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ निवासी ५२ वर्षीय टंक काफ्ले रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोडको राम चोकमा सडक दक्षिणमा पार्किङ गरी राखिएको प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक सडकमा निकाल्ने क्रममा पैदल यात्री काफ्लेलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्ता सिटी अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । यता ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article