समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रौतहटमा मतपत्र लुट्ने पक्राउ

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतपत्र लुटेर फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको श्री मावी भेडियाही स्कुलको मतदान केन्द्रबाट मतपेटिका लुटेर भाग्ने यमुनामाई गाउँपालिका–२ का चन्देश्वर बैठा पक्राउ परेका हुन् ।

Advertisement

५६ वर्षीय बैठा आफ्नै घरभित्रै लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । बैठामाथि निर्वाचन ऐन २०७३ बमोजिम कानुनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article