रौतहटको राजपुर नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेद्धवार मोहम्मद राजिक आलमले जनता समाजवादी पार्टी, नेपालका मोहम्मद जैद आलमलाई पराजित गरेका हुन् । उनीहरुबीच २५७४ मतको फरक छ । आलमले ६३३५ मत पाउँदा मोहम्मद जैदले भने ३७५१ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै जमिला असगरी विजय भएकी छिन् । उनले ६२६८ मत ल्याउँदा जसपाका चिन्ताकुमार कलवारले ३६२९ मत पाए ।

