समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीका जनप्रतिनिधिले पाए निर्वाचन आयोगबाट बिजयको प्रमाणपत्र

हल्दिवारी ,६ जेठ २०७९/ हल्दिवारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रम बिच निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण गरेको छ।

Advertisement

Advertisement

निर्वाचन आयोग हल्दिवारीका प्रमुख नारद प्रसाद भट्टराईले नवनिर्वाचित अध्यक्ष ,उपाध्यक्ष लगायत २७ जना जनप्रतिनिधिहरुलाई माला अबिर लगाउदै प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियोे । निर्वाचनमा बिजय हासिल गरेका जनप्रतिनिधिहरुलाई बिजय भएको प्रमाण स्वरुप आयोगले प्रमाणपत्र प्रदान गरेको हो ।

उक्त अवसरमा निर्वाचन आयोग प्रमुख भट्टराई ,नवनिर्वाचित गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन , नेकपा एमाले हल्दिवारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा ,नेपाली काङ्ग्रेस सभापति गङ्गा प्रसाद प्रसाई ,हल्दिवारी माओवादी केन्द्र इन्चार्ज राजेन्द्र योङहाङ , माले हल्दिवारीका नेता तथा उपाध्यक्षका पत्यासि उम्मेद्बार सागर सिवाकोटी ,स्वतन्त्र उपाध्यक्ष उम्मेद्बार लखन हेमरम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

यही बैशाख ३० गते सम्पन्न निर्वाचनबाट २७ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छ्न भने सोमबार उनिहरुको सफत ग्रहण कार्यक्रम हुने आयोग जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article