समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भारतले पठाएको खाद्य सामाग्री श्रीलंकामा पुग्दै

चरम आर्थिक संकटका कारण श्रीलंकामा दैनिक उपभोग्य सामाग्रीको अभाव छ । श्रीलंका ऋणको जालोमा परेर थप समस्यामा छ । यसबीच उसलाई केही अन्तर्राष्ट्रिय सहयोगले राहत दिएको छ । श्रीलंकालाई भारतले चामल, पाउडर दूध र औषधी सामाग्री पठाएको छ । उक्त सामाग्री आइतबार श्रीलंका पुग्ने समाचार एजेन्सी एएनआईले लेखेको छ । चेन्नईबाट बुधबार जहाजबाट सामाग्री पठाइएको हो ।

Advertisement

तालिम नाडुका मुख्यमन्त्री एम के स्टालिनले ९ हजार मेट्रिक टन चामल, २ सय मेट्रिक टन दूधको पाउडर र २४ मेट्रिक टन औषधी बोकेको कार्गो जहाजलाई झण्डा देखाएर पठाएका हुन् । भारतले ३ अर्ब डलरको सहयोगको प्रतिवद्धता अनुसार सामाग्री पठाइरहेको छ । उसले श्रीलंकालाई इन्धन किन्न पनि पछि तिर्ने गरी आर्थिक सहयोग दिइरहेको छ ।

Advertisement

आर्थिक संकटमा फसेपछि श्रीलंकामा खाद्यान्न र इन्धन अभाव छ । त्यहाँ लोडसेडिङ्ग बढेको छ । जनता सडकमा उत्रिएका छन् । आर्थिक संकटले रनिल विक्रमसिंघेको नयाँ सरकार बनेको छ । तैपनि, संकत समाधान सहज नहुने देखिएको छ  । File Photo

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article