समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

‘सत्यमोहन’ लाई एक लाख राशिको उत्तमशान्ति पुरस्कार

साहित्यिक पत्रकार स्व उत्तम कुँवरको स्मृतिमा निजकी धर्मपत्नी स्व शान्ति कुँवरद्वारा विसं २०४४ सालमा स्थापित ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्दै आइरहेको छ।

Advertisement

२६ वर्षको उमेरमै ‘श्रष्टा र साहित्य’ नामक कृतिबाट मदन पुरस्कार प्राप्त गरेका साहित्यिकरपत्रकार उत्तम कुँवरको ४३ वर्षकै उमेरमा २०३९ सालमा निधन भएको थियो।

Advertisement

यसै सन्दर्भमा २०७८ सालको ‘उत्तम शान्ति पुरस्कार’का निमित्त २०७८ सालभरिमा प्रकाशित भएका गैरआख्यान कृतिहरूमध्ये संस्कृतिविद् सत्यमोहन जोशीको एक शताब्दी लामो जीवनयात्रासँग सम्बद्ध गिरीश गिरीद्वारा लिखित आत्मकथात्मक कृति ‘सत्यमोहन’ लाई चयन गरिएको हो।

उक्त पुस्तकको अन्तरवस्तु शताब्दी पुरूष सत्यमोहन जोशीको एक शताब्दी लामो जीवनयात्रा रहेको र यसको सृजनात्मक पुनर्लेखन गिरीश गिरीले गरेका हुनाले कृतिनायक शताब्दी पुरूष सत्यमोहन जोशी र कृतिकार गिरीश गिरीलाई २०७८ सालको ‘उत्तमशान्ति पुरस्कार’ संयुक्त रूपमा समर्पण गर्न लागिएको हो।

हाल यस पुरस्कारको राशि १ लाख रूपैयाँ रहेको छ। पुरस्कार उत्तम कुँवरको जन्मजयन्तीका अवसरमा यही जेठ १२ गते समर्पण गरिने कुरा ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article