समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु

अमेरिकाको शिकागोमा भएको बन्दुक हमलामा कम्तीमा २ जनाको मृत्यु भएको छ । फास्ट फूड रेस्टुरेन्ट बाहिर झगडापछि भएको बन्दुक हमलामा अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Advertisement

शिकागोका प्रहरी प्रवक्ता टम एहर्नले भने, ‘शुक्रबार राति ११ बजेतिर त्यहाँ केहीले एकपछि अर्को गर्दै बन्दुकको गोली चलेको सुनेका थिए ।’ आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । केही दिनअघि न्युयोर्क राज्यको एउटा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article